नियम ११
आयोगको काम, कर्तव्य र अधिकार
आयोगको काम, कर्तव्य र अधिकार देहाय
बमोजिम हुनेछ ः-
(क) दुर्घटनास्थल र दुर्घटनाग्रस्त वायुयानमा प्रवेश गरी जा“च गर्ने र
जा“चको काम समाप्त नभएसम्म वायुयान र वायुयानको कुनै पार्टपुर्जा वा
भग्नावशेषलाई हलचल नगराई यथावत् राख्न लगाउने,
(ख) वायुयान वा वायुयानको कुनै पार्टपुर्जा, यन्त्र वा वायुयानमा राखिएको
मालसामान जा“च गर्ने वा गराउने, सोको विश्लेषणात्मक परीक्षण गर्ने
तथा जा“चको कार्य समाप्त नभएसम्म त्यसलाई सुरक्षित गरी यथावत्
राख्न लगाउने समेतका आवश्यक कार्य गर्ने,
(ग) दुर्घटनाग्रस्त वायुयानको भग्नावशेष, अन्य सम्बन्धित मालसामान, फ्लाईट
रेकर्डर र ए.टि.एस. रेकर्डहरु कब्जामा लिने,
(घ) दुर्घटनास“ग सम्बन्धित आवश्यक पुस्तक, कागजपत्र, प्रमाणपत्र र अरु
सामग्री सम्बन्धित व्यक्ति वा संस्थाबाट पेश गर्न लगाउने र जा“च कार्य
समाप्त नभएसम्म त्यस्तो सामग्री कब्जामा राख्ने,
(ङ) कुनै व्यक्तिलाई साक्षीको रुपमा लिखित वा मौखिक सूचनाद्वारा उपस्थित
गराई निजस“ग आवश्यक सूचना लिने वा निजको लिखित बयान लिने,
(च) आवश्यकता अनुसार लिखित सूचना दिई दुर्घटनास“ग सम्बन्धित जुनसुकै
स्थानमा प्रवेश गर्ने,
(छ) दुर्घटनाको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी, प्रहरी वा कुनै निकाय
वा व्यक्तिबाट कुनै सबुत प्रमाण, जानकारी वा कागजात प्राप्त हुन
आएमा आवश्यक छानविन गरी प्रमाणको रुपमा राख्ने,
(ज) जा“चको क्रममा फ्लाईट रेकर्डर पढ्ने व्यवस्था अविलम्ब मिलाउने,
नेपालमा फ्लाईट रेकर्डर पढ्ने सुविधा उपलब्ध नभएमा सो सुविधा
उपलब्ध भएको अन्य मुलुकमा पठाउने र फ्लाईट रेकर्डरको प्रभावकारी
उपयोगको व्यवस्था गर्ने,
(झ) आवश्यकतानुसार दुर्घटनामा परेका चालक दलका सदस्य, उडान
दलका सदस्य, यात्रु तथा अन्य व्यक्तिको योग्य चिकित्सकबाट मेडिकल
परीक्षण गराउने व्यवस्था गर्ने,
(ञ) दुर्घटनाबाट मृत्यु भएका चालक दलका सदस्य, उडान दलका सदस्य,
यात्रु तथा अन्य व्यक्तिको दक्ष प्याथोलोजिष्टबाट पूर्ण शव परीक्षण (
अटोप्सी) गराउने,
(ट) दुर्घटना जा“च सम्बन्धमा आवश्यकतानुसार अन्तर्राष्ट्रिय नागरिक
उड्डयन संगठन, क्षेत्रीय उड्डयन संगठन, सम्बद्ध निकाय वा व्यक्तिस“ग
विशेषज्ञ सहयोग वा सेवा लिने,
(ठ) अपहरण, विध्वंसात्मक वा आतङ्ककारी जस्ता गैरकानूनी क्रियाकलापबाट
वायुयानको दुर्घटना भएको देखिएमा त्यसको जानकारी तुरुन्त प्रहरी
तथा राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समितिलाई दिने,
(ड) दुर्घटना जा“चका लागि आयोगका संयोजक तथा सदस्यहरुको जिम्मेवारी
तोकी जा“च कार्य सञ्चालन गर्ने,
(ढ) दुर्घटना जा“च कार्य निष्पक्ष एवं स्वतन्त्रपूर्वक सम्पन्न गर्नको लागि अन्य
आवश्यक कार्य गर्ने ।